
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका बेला नेकपा एमालेका सचिव भीम आचार्यलाई कोरोना पुष्टि भएको छ ।
आचार्यलाई कोरोना पुष्टि भएपछि आइतबार अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य चेकजाँचपछि उनलाई होटलको आइसोलेसनमा नै फर्काइएको छ ।
उनलाई अस्पतालबाट होटल सेभेन स्टारको आइसोलेसनमा नै फर्काइएको छ ।
अहिले आचार्यको अवस्था सामान्य रहेको छ । उनी अस्पतालको गेटबाट हिडेर नै आइसोलेसनसम्म पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्