नेकपा एमालेको १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने

काठमाडौं । नेकपा एमालेको १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार निर्वाचित पदाधिकारी एवम् सदस्यको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशन भएको सौराहास्थित होटल सेभेन स्टारमै हुनेछ ।

महाधिवेशन अन्तरगत नयाँ केन्द्रीय कमिटीका लागि भएको मतदानको मतगणना भइरहेको छ । अबको केहीबेरमा परिणाम घोषणा हुने पनि रिजालले बताए ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवहरु निर्विरोध चयन भइसकेका छन् ।

एमालेको १० गतेदेखि चितवनमा जारी १० औं महाधिवेशन आज सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ ।

१४,मंसिर.२०७८,मंगलवार १३:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्