कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाामा विश्वासको मतका लागि प्रस्ताव पेश

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि मत विभाज भने भोलि बस्ने प्रदेशसभा बैठकमा गराइने सभामुख राजबहादुर शाहीले बताए ।

आजको प्रदेशसभा बैठकमा प्रतिपक्षी एमालेका सांसद उपस्थित भएनन् । प्रतिपक्षी दलका सांसद उपस्थित नभएको भन्दै बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख शाहीले बताए ।

भोलिको बैठकमा एमाले पनि सहभागी हुने बताइएको छ ।

१४,मंसिर.२०७८,मंगलवार १५:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्