दोलखामा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।

बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए ।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।

उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

मृतकहरुको पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण खुल्नेछ । थप अनुसन्धान जारी छ ।

१५,मंसिर.२०७८,बुधबार १४:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्