सिन्धुपाल्चोकका स्थानीय तहबाट दुई चरणमा मतदाता नामावली संकलन गरिने

सिन्धुपाल्चोक । देशभरका सबै स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली संकलन सुरू गर्ने निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले कार्यतालिका सार्वजनिक गरेको छ ।

यसअघि आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्दै आएको थियो । तर, नयाँ प्रावधान अनुसार जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

मतदाता नामावली संकलनको लागि मंसिर १७ देखि २६ सम्म ५ र मंसिर २८ देखि पुस ८ सम्म ६ वटा केन्द्र तोकिएका छन् ।

सिन्धुपाल्चोकका निर्वाचन अधिकारी नारायणप्रसाद गौतमले सूचनामार्फत मतदाता नामावलीमा नाम दर्ता चाहिने कागजात र ध्यान दिनुपर्ने कुराहरूसहित सर्वसाधारणलाई सूचित गरिएको जानकारी दिए ।

१६,मंसिर.२०७८,बिहीबार १२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्