त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ

नेपाली जनता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बतायो ।

थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६९ जनाको मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि
१९,मंसिर.२०७८,आईतवार १४:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: