काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दै

4.89K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दैछन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल हुने महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

महाधिवेशन आउन एक साता पनि बाँकी छैन तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभापतिमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दावी गर्दै आएका छन् ।

महाधिवेशनमा सर्वसम्मत उम्मेदवार उठाउने पौडेल समूहले बताउँदै आएको छ तर सभापतिका आकांक्षीले आफ्नो नाममा सहमति हुनुपर्ने दावी गर्दै आएका छन् ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने पछिल्लो समय मौन छन् । पार्टीभित्र तेस्रो धारका रुपमा चिनिने सिटौला समूहले तल्लो तहका अधिवेशनमा भने संस्थापन समूहसँग गठबन्धन गर्दै आएको छ ।

IME
khanepani