कोटेश्वरमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वषर्ीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश-०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस  यातायातमा सिन्डिकेटः वाम व्यवसायीले सरकारलाई सहयोग गर्ने
२१,मंसिर.२०७८,मंगलवार १०:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: