नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

नेता सिंहले सिंहदरबारको पश्चिम गेट नजिक ट्राफिक कार्यालयसँगै सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् ।

सम्पर्क कार्यालय सन्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा नेता सिंहले घरमा भेटघाट गर्नुभन्दा यहाँ सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलिएको बताए ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने घोषणा गरेका छन् । तर उनकै समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको उम्मेदवारमा दाबी गरेका छन् । साझा उम्मेदवार छनोट गर्ने प्रयासमा उनीहरु पूर्वमहामन्त्री सिंहको निवासमा आज दिउँसो पनि छलफलमा जुट्दै छन् ।

२१,मंसिर.२०७८,मंगलवार ११:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्