काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेटअन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा ९ विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए ।
आर्मीका लागि ओपनर सोमपाल कामी ९ र हरि चौहान २१ बलमा ३ चौकासहित २० रन बनाएर पेभिलेन फर्किएका थिए ।
यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
कर्णालीको बलिङमा प्रकाश जैशीले सर्वाधिक ३ विकेट लिए । अनुज चुनरा २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले समान १ विकेट लिए ।
समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्