केयूकेएल भक्तपुर शाखामा दैनिक ३० लाख लिटर पानीको कमी हुदाँ पनि ग्राहकमा सन्तुष्टि

काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीन जिल्लाहरू काठमाडौं,ललितपुर र भक्तपुरमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानीकाे प्रशाेधन,वितरण,मर्मत सम्भार,नियन्त्रण र रेखदेख गर्दै आएकाे छ। उपत्यकाका ४० लाख जनताका लागि दैनिक करिव ४५ कराेड लिटर पानी वितरणकाे माग भएपनि केयूकेएलले वर्षादकाे समयमा दैनिक १३ कराेड लिटर र हिउँदकाे सुख्खा समयमा ७-८ कराेड लिटर पानीकाे आपूर्ति गरि वितरण गर्दै आएकाे छ। माग अनुसार पानीकाे आपूर्ति निकै कम रहेकाले सधैभरि काठमाडौं उपत्यकामा पानीकाे हाहाकार हुने गरेकाे पाइन्छ। अपुग पानी उपभोक्ता ग्राहकवर्गले केयूकेएलकाे टयाङकर, निजि टंयाङकर, निजि खानेपानी कम्पनीका जार र बाेतलका मिनिरल वाटरबाट आपूर्ति गरि खानेपानीकाे दैनिक आवश्यकता टार्दै आएकाे पाइन्छ।

भक्तपुर जिल्लाकाे भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिकाकाे १,२,५,६ र ७ वडा नंम्बरहरू तथा सुर्यविनायक नगरपालिकाकाे ५,६,७ र ८ का वडा नंम्बरहरूमा केयूकेएलकाे भक्तपुर शाखा अन्तर्गत खानेपानीकाे वितरण र व्यवस्थापन हुँदै आएकाे छ। केयूकेएल भक्तपुर शाखाकाे प्रमुखमा अहिले खानेपानीका क्षेत्रमा विज्ञता हासिल गर्नु भएका क्षमतावान, अनुभवी,कार्यकुशल, मेहनती, जनताका भावना र समस्या बुझ्न सक्ने, केही गर्नु पर्छ, जनताका गुनासाे समस्या समयमा यथाेचित ढंगले समाधान गर्नुपर्छ भन्ने भावनाका धनी सुरेन्द्र हिमालय प्रमुख रहनु भएकाे छ।

भक्तपुर शाखाकाे कार्यक्षेत्र निकै ठुलाे छ साथै घनाजनसंख्या पनि धेरै रहेकाे छ। यस शाखाकाे कार्य भित्र करिव १३ हजार सार्वजनिक,सरकारी र निजि धारा रहेका छन। बर्सेनि करिव एक हजार नयाँ धारा जडान हुने गरेका छन्। यति धेरै धाराहरूमा नियमित खानेपानी पुरयाउने काेसिसमा भक्तपुर शाखा लागि पर्दै आएकाे छ। केयूकेएलकाे यस शाखा अन्तर्गत दैनिक करिव ८० लाख लिटर देखि ९० लाख लिटरसम्म पानीकाे माग हुँदै आएकाे छ। यस शाखामा वर्षायाम असार देखि कार्तिकमहिना सम्म दैनिक ६० लाख लिटर र सुख्खायाम मंसिरदेखि जेठ महिनासम्म ३० लाख लिटर पानी मात्र आपूर्ति हुने गरेकाे छ। पानीकाे श्राेतमा महादेवा खाेला मुहानबाट वर्षायाममा प्रतिदिन ५० लाख लिटर र हिउँदयामकाे सुख्खा माैसममा २० लाख लिटर पानी आपूर्ति हुने गरेकाे शाखा प्रमुख हिमालयले बताउनु भयाे। यसैगरि सल्लाघारी,भक्तपुर,दुधपाटी,जगाती,बाँसवारी लगायतका भूमिगत डिप बाेरिङ श्राेतबाट दैनिक १० लाख लिटर पानी उत्पादन गरि प्रशाेधन गरेर वितरण हुँदै आएकाे शाखा प्रमुख हिमालयले जानकारी दिनुभयाे ।

यस शाखाले आफ्नाे कार्यक्षेत्र भित्रका ग्राहकलाई उपलव्ध पानीकाे स्राेत अनुसार दैनिक एक समयमा दुई देखि तीन घन्टादेखि ठाउँ र पानीकाे उपलव्धताकाे श्राेतहेरि सातामा दुईदिन,तीन दिन, पाँच दिन,सातदिन सम्ममा आलाेपालाे गरि तीन घण्टादेखि चार घण्टासम्म पानी उपलव्ध गराउदै आएकाे छ।

महादेवा खाेला मुहानदेखि बाँसवारी पानी पाेखरीसम्म १० ईञ्चकाे पाइपलाइन विस्तार गर्ने कार्य विगत लामाे समयदेखि विवाद भई राेकिएकाेमा आर्थिक वर्ष २०७५/०७६ देखि उक्त याेजना शाखा प्रमुख हिमालय ज्यूकाे पहलमा पुन: अगाडि बढाइ गत वर्ष सम्पन्न गरि हाल यस पाइपलाइनबाट वर्षादकाे समयमा प्रतिदिन ३० लाख देखि ४० लाख लिटरसम्म थप खानेपानी वितरण गरिदै आएकाे छ। साथै हाल कमलविनायक खरिपाटी व्यारेकदेखि दरवारस्क्वायर खाेलासम्म ८ ईञ्चकाे बाईपास पाइपलाइन विस्तारका लागि बजेटकाे व्यवस्थापन भई साे काम निर्माण चरणमा रहेकाे छ। याे कार्य सम्पन्न भएपछि भविश्यमा धेरै स्थानमा खानेपानी विस्तारमा सुधार हुन सक्ने शाखा प्रमुख हिमालयले बताउनु भयाे।

पानीकाे स्राेत,बजेट र दक्ष जनशक्तिकाे कमी,जिर्ण पाइप लाइन,चुहावट, बिग्रिएका भल्व, पुराना चावी, प्रेसर आदि जस्ता व्यापक चुनौतिका बाबजुद पनि केयूकेएलकाे भक्तपुर शाखाले जनतालाई पानी वितरणकार्यमा निरन्तर लागि रहेकाे शाखा प्रमुख हिमालय बताउनु हुन्छ।

यश शाखाले बिग्रेभत्केका र चुहावट भएका पाइपलाइन,भल्व,चावी सुचना पाएकाे ७२ घण्टा भित्र मर्मत सम्भार गरि सेवाग्राहीलाई पानी वितरण गर्ने व्यवस्था मिलाउदै आएकाे छ। खानेपानी महसुल बुझाउने व्यवस्था छिटाे छरिताे तरिकाले मिलाइकाे छ। कार्यालयमा महसुल वुझाउने,मिटरकाे रिडिङ गर्ने धेरै काउन्टरकाे व्यवस्था मिलाएर ग्राहकहरू महसुल बुझाउन आएकाे पाँच-दस मिनेट भित्रै सहज ढंगले महसुल तिरेर जान सक्ने सुविधा मिलाएकाले कार्यालय परिसरमा महसुल तिर्ने ग्राहककाे भिडभाड घटेकाे छ।

यसैगरि नयाँधारा जडान,मिटर जडानकाे काम पनि सबै प्रकृया पूरा भएपछि लाग्ने शुल्क रकम लिएर जडान मिति तत्कालै ताेक्ने र उल्लेखित मितिमा प्राविधिक पठाएर धारा र मिटर जाेडने काम हुँदै आएकाे सेवाग्राहीहरूले बताउने गरेका छन्। पानीकाे महसुल बुझाउने व्यवस्था विभिन्न बैंक र माेवाइल बैकिङ प्रणालीबाट हुने व्यवस्था छ। तर पुरानाे पुस्ताले प्रविधिकाे प्रयाेग गर्न नसक्दा महसुल बुझाउन शाखामै धाउनुपर्ने बाध्यता रहेकाे देखिन्छ।

यस शाखाले महसुल बक्याैता रकम उठाउने बारम्बार ताकेता गर्ने,लामाे समय महसुल नतिर्ने अटेरी ग्राहककाे धारा काटने जस्ता कार्यपनि गर्दै आएकाे हिमालय बताउनु हुन्छ। गुनासाे लिएर आउने सेवाग्राहीकाे गुनासाे सुन्ने र गुनासाे तत्काल समाधान गर्ने,आफ्नाे बजेट,स्राेत साधन र जनशक्तिले नसक्ने काम भए माथिल्लो निकायमा पठाएर समस्या समाधानका लागि पहल गर्ने काम शाखा प्रमुखबाट हुँदै आएकाे अनुभूति सेवाग्राहीले गरेका छन। सुरेन्द्र हिमालय शाखा प्रमुख भएपछि दर्जनाैं ठाउमा पुराना,जिर्ण र चुहिएका पाइप लाइनहरू फेरिएका छन। नयाँबस्तीहरूमा पाइपलाइन निर्माण गरि पानी वितरणकाे व्यवस्था मिलाएकाे देखिन्छ। पहिलाकाे तुलनामा अहिले भक्तपुर, चाँगुनारायण र सुर्यविनायक नगरपालिकाकाेमा निर्धारित समयमा पानी नआएकाे, बिग्रिएका पाइप नफेरिएकाे, बिग्रिएका भल्व मर्मत नभएका गुनासाहरू सुनिन छाडेकाे स्थानीय बासिन्दाहरू बताउछन।i

२६,पुष.२०७८,सोमबार १३:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्