जनयुद्धका घाइते र बेपत्ता परिवारलाई नि: शुल्क स्वास्थ्य बिमा

दाङ। दाङमा जनयुद्ध तथा जनआन्दोलनका घाइते, शहीदर वेपत्ता परिवारहरुको नि: शुल्क स्वास्थ्य बिमा गरिएको छ ।

नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ र १७ ले शहीदतथा वेपत्ता परिवारको तथ्याङ संकलन गरी नि: शुल्क बिमा गरिदिएका हुन् ।

घोराही वडा नं. १४ भित्र जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका घाइते, शहीदर वेपत्ताका १८ घर परिवारका करिब एकसय जना बसोवास गर्दै आएका छन् ।
वडाध्यक्ष शक्तिराम डाँगीले सोमवारदेखि वडाले वर्षिक बजेटबाट घाइते, शहीदर वेपत्ता परिवारको निुशल्क स्वास्थ्य बिमा गरिदिएको बताए ।

यस्तै वडा नं. १७ का ३१ घर परिवारका एकसय ५५ जनाको नि: शुल्क स्वास्थ्य विमा गराइएको घोराही वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले बताए ।

शहीद बेपत्ता र घाइते परिवारको हकमा स्वास्थ्य विमाका लागू गर्दा लाग्ने रकम वडाले नै भुक्तानी गरिदिएको उनले बताए । बिमाबाट घाइते शहीदर वेपत्ता परिवारले वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार पाउँने वडा कार्यालयले जनाएको छ ।

२७,पुष.२०७८,मंगलवार १३:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्