सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

२९,पुष.२०७८,बिहीबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्