अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग प्रदान गर्न परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान

काठमाडौं । अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग प्रदान गर्न परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको छ । मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आइतबार बिहान काबुल प्रस्थान गरेको हो ।

टोली अफगानिस्तान जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघले निर्धारण गरेका १४ टन सहायता सामग्री प्रदान गर्न लागेको बताए । जसमा औषधि, लत्ताकपडा, खाद्यान्नलगायत रहेको उनले जानकारी दिए ।

नेपाल सरकारले तालिबान नेतृत्वको सरकारलाई मान्यता नदिएका कारण सहसचिव लम्सालले काबुलस्थित संयुक्त राष्ट्रसंघीय अधिकारीलाई मानवीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक रहेको अफगानिस्तान तालिबानले शासनसत्ता सम्हालेपछि संकटमा छ । संकटमा रहेका अफगानी नागरिकलाई नेपालले सहयोग गर्न लागेको हो ।

सहायता हस्तान्तरणपछि टोली आजै नेपाल फर्कने कार्यक्रम छ ।

२,माघ.२०७८,आईतवार ०८:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्