प्रदेश १ का मुख्यमन्त्रीको दाबी, माघ २० भित्र हिउँदे अधिवेशन सुरू गरेर नामाकरण टुंग्याउँछौं

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने दाबी गरेका छन् । हिजो प्रदेश २ को नाम र राजधानी टुंगिएपछि अब नामाकरण हुन बाँकी प्रदेश १ मात्र छ ।

आज संचारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले अब छिट्टै हिउँदे अधिवेशन डाकेर प्रदेशको नामाकरण गर्ने बताएका हुन् । त्यसका लागि माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरू गर्ने उनले जानकारी दिए ।

नामाकरणको विषय सदनको भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गरिने मुख्यमन्त्री राईले जानकारी दिए ।

४,माघ.२०७८,मंगलवार १७:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्