शिक्षामन्त्री र अनसनविद् डा. केसीबीच छलफल

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक अनसनविद् डा. गोविन्द केसीसँग छलफल गरेका छन् ।

मन्त्री पौडेलका अनुसार डा. केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा. केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा. केसी नेपालमो सबैभन्दा धेरैपटक अनसन बस्ने व्यक्तिमा पर्छन् ।

सुरुमा चिकित्सा शिक्षा सुधारको नाममा अनसन बसेका केसीले पछिल्ला समय राजनीतिक विषयमा समेत अनसन बस्ने गरेका थिए ।

उनले हालसम्म कम्तिमा १७ पटक अनसन बसेको रेकर्ड बनाएका छन् ।

७,माघ.२०७८,शुक्रबार १४:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्