काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री पोख्रेलद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

5.42K
shares
khanepani bord

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले आज निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् ।

उनले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युत् गृह, टेलरे, सुरुङलगायत संरचना अवलोकन गरेका हुन्।

विगतमा विभिन्न कारणले आयोजना निर्माणमा ढिलाइ भए पनि अहिले निर्माण कार्य उत्साहजनक देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले निर्धारित समय सीमाभित्रै काम सक्न निर्देशन दिए ।

आयोजना निर्माण गर्दा स्थानीय समाजसँग घुलमिल हुँदै तनहुँवासीको आर्थिक जीवनस्तर उकास्ने गरी काम गर्न पनि आग्रह गर्दै उनले भने, ‘सरोकारवाला स्थानीय तहहरूसँग समन्वय गर्दै आयोजनालाई जनमैत्री बनाएर निर्माण कार्य सञ्चालन गर्नुहोस् ।’

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले पृथ्वी राजमार्गको विकल्पमा रहेको बुद्धसिंह मार्ग निर्माण गर्दा प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरेका छन् । आयोजनाका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका छन् ।

khanepani