बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई...

पुरा पढ्नुहाेस्

भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे,२४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु

4.47K
shares
khanepani bord

एजेन्सी। भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लाे २४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु भएकाे छ ।

भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् ।

भारतमा अहिले स‌ंक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ ।

IME
khanepani