जोर-बिजोरले जनतालाई सास्ती, औचित्यहीन निर्णय खारेज गर्न माग

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले जारी गरेको जोर-बिजोरले सर्वसाधारणलाई सास्ती दिएको छ ।

उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जोर गते जोर र बिजोर गते विजोर सवारी सञ्चालन गर्ने प्रवधान लागू गरेपछि सर्वसाधारणले सास्ती पाएका हुन् ।

कोरोना नियन्त्रणका लागि भनेर जोरविजोर लागू भएपनि सार्वजनिक सवारीमा भिडभाड बढ्दै गएको छ । सवारी संख्या कम हुनु र धेरै कुर्नुपर्ने बाध्यताकाबीच यात्रुहरु भिडभाडमै यात्रा गर्न बाध्य भएका छन् ।

१३,माघ.२०७८,बिहीबार १७:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्