वीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी। धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार साँझ ७:०० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा मृगौलासम्बन्धी समस्या थियो ।

१९,माघ.२०७८,बुधबार १२:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्