सिन्धुपाल्चोक एमालेको नेतृत्व छनोट टुंगियोः अध्यक्षमा नेपाल, आचार्य सचिव

सिन्धुपाल्चोक । करिब एक महिना लामो प्रयासपछि सिन्धुपाल्चोक एमालेमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमण्डलले अध्यक्षमा कमल नेपालसहित पदाधिकारीको टंगो लगाएको हो ।

अध्यक्षमण्डलले उपाध्यक्षमा रामचन्द्र बस्नेत र उपसचिवमा शशीला पाख्रिन र चिरन तामाङलाई चयन गरेको छ ।

पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । त्यसपछि विभिन्न कारण नेतृत्व चयन हुन सकेको थिएन ।

अधिवेशन उद्घाटनलगतै अध्यक्षमण्डलको तर्फबाट एमाले स्थायी कमिटी सदस्यसमेत रहेका शेरबहादुर तामाङले माघ २ गतेभित्र अधिवेशन सम्पन्न गरेर मेलम्चीमा नयाँ नेतृत्व घोषणा गर्ने बताएका थिए ।

अध्यक्षमण्डलको निर्णयअनुसार प्राय सबै स्थानीय तहले आफूले पाएको संख्याअनुसार जिल्ला कमिटी सदस्यहरु सर्वसम्मतरुपमा छनोट गरेपनि पदाधिकारीहरुमा सहमति हुन सकेको थिए ।

सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।

२६,माघ.२०७८,बुधबार १४:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्