फिलिपिन्सलाई नेपालले दियो २१९ रनको विशाल लक्ष्य, कुशल र दिपेन्द्रको उत्कृष्ट साझेदारी

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्सविरुद्धको म्याचमा पहिलो ब्याटिङ गर्दै २१८ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतक बनाए ।

स हारेर ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गरेको थियो । नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट भए । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सकेनन् । १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए ।

कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफ भए ।

फिलिपिन्सका लागि डेनियल स्मिथ, गुरभुपिन्दर चोहान र मिगी पोडोस्कीले १–१ विकेट लिएका थिए ।

७,फाल्गुन.२०७८,शनिबार १३:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्