जनमोर्चा गठबन्धनबाट बाहिरिँदा गण्डकी प्रदेश सरकार अल्पमतमा

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीलाई पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ। जनमोर्चा सरकारबाट बाहिरिङ्दाग संघीय सरकारलाई असर नपरे पनि प्रदेश सरकारलाई भने असर पर्ने देखिन्छ ।

जनमोर्चाले सर्मथन फिर्ता लिए गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । यद्यपि जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिए, नलिएको बारे स्पष्ट भइसकेको छैन् । यदि सर्मथन फिर्ता लिने निर्णय गरे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले विश्वासको मत लिनुपर्ने छ । गण्डकी प्रदेश सरकारमा जनमोर्चाका २ सांसद छन् ।

पोखरेलले गत २ असारमा विश्वासको लिँदा ३१ मत प्राप्त गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा भए पनि अहिले ५९ सदस्य भएकाले विश्वासको मत पाउन ३० सांसद आवश्यक हुन्छ । जनमोर्चा बाहिरिदा सरकारका पक्षमा २९ मात्रै हुने भएकाले सरकार स्पष्टरुपमा अल्पमतमा पर्छ ।

हाल पोखरेल सरकारलाई कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जनता समाजवादी पार्टी (जसपा)का दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसदको साथ छ ।

प्रदेशसभामा एमालेका २७ सांसद छन् । हालको सरकारबाट बाहिरिएर जनमोर्चाले एमालेलाई साथ दिँदा पनि सरकार बन्न सक्ने अवस्था छैन् । त्यस्तो अवस्थामा स्वतन्त्र सांसद राजिव गुरुङ निर्णायक हुने देखिन्छन् ।

१६,फाल्गुन.२०७८,सोमबार १८:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्