सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।

दशककै उत्कृष्ट खेलाडी बनेका सावित्राले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् । सावित्राले यसअघि एकपटक वर्षको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेकी थिइन् ।

पछिल्लो दशक महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सावित्रा चर्चित खेलाडीको रुपमा रहेकी छन् ।

पछिल्लो एक दशकमा नेपाल दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता हुँदा सावित्रा टिममा थिइन् । यस्तै नेपालले १३औं साफमा रजत जित्दा पनि उनी ६मको मुख्य सदस्य थिइन् । सावित्राले भारतमा भएको हिरो महिला लिग दुई पटक जितेकी छिन् । उनले ४० खेल खेल्दै सर्वाधिक ३८ गोल गरेकी छिन् ।

८,चैत्र.२०७८,मंगलवार १७:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्