मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

वीरगञ्ज । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताए । ‘आश्रमका लागि ३० लाख रुपैयाँ छुट्याएका थियौं, जमिन नभएकाले दिन सकेनौं,’ उनले भने, ‘भवन निर्माण गर्न, सञ्चालन गर्न कति खर्च लाग्छ, प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार छौं ।

वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उनले मानव सेवा आश्रमको भवन बनाउन रकमको अभाव नहुने बताए ।

सांसद यादवले आगामी बजेटबाट मानव सेवा आश्रम भवनका लागि बजेट छुट्याउने बताए ।

११,चैत्र.२०७८,शुक्रबार ११:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्