मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोम्पालको ठाउँमा कमल

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सोम्पालको ठाउँमा कमल सिंह ऐरीलाई टीममा समेटिएको छ ।

आजको खेलमा मलेसियालाई फाइनल पुग्नका लागि जीत निकाल्नै पर्ने दबाब छ ।

नेपाल एक खेलअगावै फाइनलमा पुगिसकेको छ । मलेसियाले एक खेल मात्रै जितको छ । यस्तै, पपुवा न्यूगिनि (पीएनजी)ले पनि एक खेल जितेको छ ।

आजको खेलमा मलेसियाले नेपाललाई हराउन सके स्वतः फाइनल यात्रा तय गर्नेछ । तर, नेपालसँग हारे पीएनजी फाइनलमा पुग्ने समीकरण छ ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको सानदार जीत निकालेको थियो । तेस्रो खेलमा पीएनजीमाथि ३७ रनको सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै मलेसियाले पीएनजीलाई पहिलो खेलमा ८ विकेटले पराजित गरेको थियो । शुक्रबार भएको पीएनजीको लिग चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले हरायो ।

नेपालले मलेसिया अथवा पीएनजीसँग सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपालको प्लेइङ टिममा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आदिल अन्सरी र रोहित पौडेल छन् ।

१९,चैत्र.२०७८,शनिबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्