ज्योति विकास बैंकको इलाम र कञ्चनबारी शाखा उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २३ गते बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

इलाम नगरपालिका ७( इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले गरेका थिए।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो। यसका साथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै, निस्शुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

२४,चैत्र.२०७८,बिहीबार १२:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्