काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

गोकुल बास्कोटाको टिप्पणी, ‘आफ्नो अक्षमता लुकाउन अब अर्थमन्त्री गभर्नरमाथि जाइ लाग्नेछन्’

4.24K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकार आफ्नो असफलता लुकाउन राष्ट्र वैंकका गभर्नर हटाउने खेलमा लागेको टिप्पणी गरेका छन् ।

सत्ता गठबन्धनका रणनीतिबारे पछिल्लो समय पहिले नै सूचना चुहाउने गरेका बास्कोटाले अर्थमन्त्री जनार्दन शर्मा अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाइलाग्ने बताएका हुन् ।

बास्कोटाले पछिल्लो आर्थिक संकटबारे टिप्पणी गर्दै भनेका छन्– पुँजीगत खर्च तेस्रो चौमासिक सकिने समयमा समेत २५५ गर्न नसक्ने, लोकरिंझाईका सस्ता कार्यक्रम गर्ने, हुण्डीकारोबार गर्न छुट दिने, स्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिने, प्रदेशमा बाल्कोनीपिच्छे मन्त्रालय खोल्ने सरकार र उनका अर्थमन्त्री अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाइ लाग्नेछन् ।

पछिल्लो समय अर्थमन्त्रीलाई गभर्नर महाप्रसाद अधिकारीले १५ बुँदे सुझावसमेत दिएका थिए ।

IME
khanepani