माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा

दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए ।

गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए । त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे ।

२०७४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कोही चुनाव लड्न तयार नभएका बेला आफूले उम्मेदवारी दिएको गौतमले बताए । अहिले नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको उनले टिप्पणी गरे । माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको गौतमले बताए ।

तत्काल कुनै पार्टीको सदस्‍यता नलिने उनले बताए ।

५,बैशाख.२०७९,सोमबार १३:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्