स्वास्थ्य संस्थामा पनि दुई दिन सार्वजनिक विदा

Salina Dhungel
salinadhungel@nepalijanta.com

काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो ।

मन्त्रालयका डा‍. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए ।

‘सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ’, उनले भने, ‘तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौं।’

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ ।

सचिव डा. पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए । सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुनेछ ।

यो पनि पढ्नुहोस  भक्तपुरमा गाई फार्मको टहराभित्र थुनेर २० वर्षीय युवकको भयो खुकुरी प्रहार गरी हत्या
२३,बैशाख.२०७९,शुक्रबार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: