३० वैशाखमा कोरोना खोप कार्यक्रम सञ्चालन नहुने

Salina Dhungel
salinadhungel@nepalijanta.com

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो पनि पढ्नुहोस  एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले : ओली
२५,बैशाख.२०७९,आईतवार १४:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: