काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ

5.69K
shares
khanepani bord

बारा । बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् ।

झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् ।

घटना स्याउली चोकमा भएकाे हाे ।

महतोका अनुसार उमाकान्तकाे टोलीले गालीगलाैज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।

घाइते न्योपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

IME
khanepani