बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ

बारा । बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् ।

झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् ।

घटना स्याउली चोकमा भएकाे हाे ।

महतोका अनुसार उमाकान्तकाे टोलीले गालीगलाैज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।

घाइते न्योपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

२९,बैशाख.२०७९,बिहीबार १०:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्