स्थानीय तह निर्वाचन : आज चार ठाउँमा मतदान

काठमाडौं । विभिन्न कारणले रोकिएका चार मतदान स्थलमा आज निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार सप्तरी, कालिकोट र बुझाङका रोकिएका स्थानमा आज फेरि मतदान हुने भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविका दुई मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

कालिकोटको रास्कोटा गाउँपालिकाको रमालमष्टो माविमा पनि मतदान हुँदैछ ।

त्यसैगरी कालिकोटको पचालझरना गाउँपालिकाको जनता मावि खार्दुपमा पनि मतदान हुँदैछ ।

अनि बझाङको जयपृथ्वी नगरपालिकाको सुनिपिपल चौर माविमा निर्वाचन हुँदैछ ।

यी ठाउँमा विभिन्न झडप र विवादका कारण मतदान रोकिएको थियो । मतदान रोकिएका ठाउँको स्थानीय तहमा मतगणना शुरु हुन सकेको छैन ।

१,जेष्ठ.२०७९,आईतवार १०:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्