काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

केन्द्रको निर्णय अवज्ञा गर्दै भक्तपुर नगरपालिकाद्वारा विद्यालयमा दुई दिन बिदा नगर्न निर्देशन

4.54K
shares
khanepani bord

काठमाडौं । भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ । सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ ।

शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो । त्यसविपरित नगरपालिकाले विद्यालयहरुलाई पत्र पठाएको हो ।

आज नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको सूचनाअनुसार सम्बत् २०७९ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएतापनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’

IME
khanepani