सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल पञ्जियार निर्वाचित

नेपाली जनता

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन् । उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए ।

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी नीलम राय यादव ५ हजार ५८३ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रत्यासी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन् ।

यो पनि पढ्नुहोस  माओवादीले प्रचण्ड र श्रेष्ठलाई दियो कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मेवारी
२,जेष्ठ.२०७९,सोमबार ११:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: