ललितपुर महानगर वडामा एमालेले खाता खोल्यो, वडा नं. ५ मा श्रेष्ठ निर्वाचित

काठमाडौं। ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् ।

पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।

३,जेष्ठ.२०७९,मंगलवार ०९:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्