काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून

5.47K
shares
khanepani bord

एजेन्सी । अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ । संघीय चुनावको दुई दिन अघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो ।

बेरोजगारी दर अप्रिलमा ३ दशमलब ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ । यो दर सन् १९७४ पछिको अहिसम्मकै थोरै हो ।

अष्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अष्ट्रेलियाको तथ्यांक व्युरोले जनाएको छ । यो अघिल्लो महिनाको तुलनामा ३ दशमलब ९३ प्रतिशतले कमी हो ।

धेरै रोजगारदाताहरू भन्छन् कि उनीहरुलाई कर्मचारी पाउनै गा¥हो भइरहेको छ । ‘हामी पक्कै पनि कर्मचारी अभाव महसुस गरिरहेका छौं’, सिड्नी रेस्टुरेन्ट समूह एप्पलज्याक हस्पिटालिटीका मानव संसाधन प्रबन्धक म्याट जेनकिन्सले भने ।

IME
khanepani