धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् ।

उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ छ ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

८,जेष्ठ.२०७९,आईतवार १७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्