यौन दुर्व्यवहार आरोपमा सेन्ट लरेन्सका अर्का शिक्षक पनि पक्राउ

काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकहरु यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

सुरुमा जनार्दन अधिकारी मात्र पक्राउ परेकोमा पछि अर्का शिक्षक राजनकुमार पौडेलविरुद्ध पनि उजुरी परेको छ । उनीहरूविरुद्ध कक्षा ११ मा अध्ययनरत छात्राहरूले उजुरी गरेका हुन् ।

अनैतिकरूपमा छुने, बोल्नेसहित शारीरिक सम्पर्कसम्मको प्रस्ताव राख्ने गरेको छात्राहरूले उजुरीमा उल्लेख गरेका छन् ।

आज कलेजका विद्यार्थीहरूले पक्राउ परेकाविरुद्ध बाल यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्ने तयारी प्रहरीको छ।

१०,जेष्ठ.२०७९,मंगलवार १८:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्