चितवनको बाराही जंगल लजमा प्रेमी शरदसँग गरिन् इन्दिरा जोशीले बिहे

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।

आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।

इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।

३१,जेष्ठ.२०७९,मंगलवार १७:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्