अफगानिस्तानमा गुरुद्वारानजिक दुई शक्तिशाली विस्फोट

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट भएका छन् । विष्फोट गुरुद्वारा नजिकै भएको थियो ।

काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसंख्या भएको र धेरै मानिसको मृत्यु हुने आशंका गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरुमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्यूजले ट्वीट गरेको छ ।

गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन् । दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरुका हक अधिकार कटौती भएका छन् । अधिकार कटौती भएको भन्दै महिलाहरुले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

४,असार.२०७९,शनिबार १२:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्