एकीकृत समाजवादीको बैठक : सर्तको अर्थ हुन्न, केही घण्टाभित्र निर्णय कार्यान्वयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेरको निर्णय अब दिनमा होइन घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ ।

सचिवालयको मंगलबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनासर्त लागू हुनुपर्ने बताए ।

खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै सर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम सर्त हुने बताए । उनले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।’

नेकपा एसका मन्त्रीहरूले आफूहरू हट्नका लागी पाँचवटा सर्त माधव नेपाल समक्ष राखेकोमा खतिवडाले सर्तको अर्थ नहुने बताए ।

९,असार.२०७९,बिहीबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्