रौतहटको गुजराका स्वतन्त्र वडाध्यक्ष जमालुद्दिन एमालेमा प्रवेश

नेपाली जनता

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका वडाध्यक्ष शेख जमालुद्दिन नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर वडाध्यक्ष जमालुद्दिनले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमाले नेता प्रभु साह, मधेश प्रदेश कमिटी उपसचिव आरती भण्डारीलगायत नेता सहभागी थिए ।

जमालुद्दिन ६२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुँदा नेकपा एसका आलम बक्सिसले ५६८ मत पाएका थिए ।

यो पनि पढ्नुहोस  एमालेले भन्यो, पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त, मूल्यवृद्धिमा भ्रष्टाचारको गन्ध
९,असार.२०७९,बिहीबार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: