सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

नेपाली जनता

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले ’१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्कासन गर्दै छ ।

बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निजी क्षेत्रका व्यक्तिगत तबरले बिक्री गरिनेछ । बाँकी रहेको दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधरणका लागि बिक्री खुलाएको हो ।

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले १० देखि १४ असारसम्म आवेदन दिन सक्नेछन् । १४ असारसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि २४ असारसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले जनाएको छ ।

यो पनि पढ्नुहोस  जसपा परित्याग गरेकी औरही गाउँपालिकाकी उपाध्यक्ष यादव कांग्रेसमा प्रवेश
१०,असार.२०७९,शुक्रबार १०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: