विमानस्थलबाट १०० ग्राम सुन बरामद

नेपाली जनता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ ।

शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो।

सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

यो पनि पढ्नुहोस  पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३२ जना संक्रमणमुक्त ४ जनाको मृत्यु
१०,असार.२०७९,शुक्रबार १४:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: