साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

दुई घण्टाको लागि खुलेको बजार शुरुमा ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ ।

शुक्रवार १३.७८ अङ्कले बढेर नेप्से १८६२.०६ विन्दुमा पुगेको छ । २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता शेयर २२ हजार ८७४ पटक कारोबार हुँदा कुल कारोबार रकम भने १ अर्ब १५ करोड १२ लाख भएको छ ।

कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छ ।

ङ्यादी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा आँधिखोला लघुवित्त रह्यो । यो कम्पनीको शेयरमूल्य ७.८८ प्रतिशतले घटेको छ ।

१०,असार.२०७९,शुक्रबार १४:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्