सुनको मूल्यमा बिहीबार पनि गिरावट

काठमाडौं । सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बुधबार ९६ हजार रुपैयाँमा छापावल र ९५ हजार ५ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

२३,असार.२०७९,बिहीबार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्