नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन

कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन भएका छन् ।

चौथो अधिवेशनबाट उपाध्यक्षमा लोकुसिँह ठकुरी, सचिवमा राजकुमार साउँद निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा कोषाध्यक्षमा सरस्वती सफारी चयन भए ।

सदस्यहरूमा सुदर्शन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिस बम, क्षितिज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन् ।

केन्द्रीय पार्षद् ५ जना र प्रदेश पार्षद् ४ जना चयन गरिएको छ ।

२६,असार.२०७९,आईतवार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्