सुदूरपश्चिममा एकैदिन १ सयभन्दा बढी कोरोना संक्रमित भेटिए

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्र १२१ जना संक्रमित भेटिएका छन् ।

आइतबार ५४ जना पोजेटिभ केस भेटिएकोमा एकै दिन दुई गुणाले संक्रमितको संख्या बढेको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा २२ जना , डडेल्धुरामा २ जनामा संक्रमण फेला परेको निर्देशनालयले दिपायलले जनाएको छ । यस्तै कञ्चनपुरमा ७४ जना, कैलालीमा १९, बैतडीमा १ जना र बझाङमा २ जना संक्रमित फेला परेका छन् ।

नयाँ १२१ संक्रमितमध्ये ५१ जना भारतबाट आएका छन् । गड्डाचौकीबाट ३१ जना, झुलाघाटबाट १ जना र गौरिफन्टाबाट १९ जना संक्रमित सुदूरपश्चिम भित्रिएको तथ्यांकमा देखिएको छ ।

२४,श्रावण.२०७९,मंगलवार ०८:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्