संविधान दिवस समारोहको रिपोर्टिङमा पत्रकारलाई छिर्न निषेध

काठमाडौं । संविधान दिवसको रिपोर्टिङ गर्न गएका पत्रकारलाई सरकारले गेटमै छेकेको छ ।

टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई ड्युटीमा रहेका आर्मिले रोकेका छन् । गृहमन्त्रालयलाई जिम्मा दिएको भन्दै सैनिक जवानहरूले पत्रकारलाई गेटमै रोकेका हुन् । उनीहरू केहीबेर कुरेर फर्किएका छन् ।

सरकारी मिडियाकालाई छिर्न दिएपनि निजीलाई बाहिरै रोकिएको नेपाल प्रेसका क्यामेरामेन गौरव पौडेलले बताए । सूचना विभाग, प्रेस रजिष्ट्रार कार्यालयको पास देखाउँदा अवरोध सिर्जना गरिएको उनको भनाइ छ ।

३,आश्विन.२०७९,सोमबार ०९:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्